माअाेवादी र कांग्रेसकाे सरकार बनाउने अालाेपालाे
असार - २८ नेकपा माओवादी केन्द्रद्वारा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । सिंहदरवारमा पत्रकार सम्मेलनको आयोजना गर्दै मओवादीले उक्त घोषणा गरेको हो ।
नयाँ राष्ट्रिय सहमतिको सरकारका लागि आफुहरुले पहल गर्ने माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले बताए । उनले प्रधानमन्त्री ओलीले नै राष्ट्रिय सहमतीय सरकारको नेतृत्व गरुन भन्ने आफ्नो पार्टीको धारणा रहे पनि ओली यसको लागि तयार नदेखिएको आरोप लगाए । आफुहरुले जहिले पनि राष्ट्रिय सहमतिको सरकारको लागि पहल गरेको उनको भनाइ थियो ।
महराले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेसले सहमति जनाइसकेको बताए । ‘संविधान कार्यान्वयनको लागि पहिलो चरणमा माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ’, महराले भने,‘दोस्रो चरणमा कांग्रेसले नेतृत्व गर्नेछ ।'
Krishna Bahadur Mahara
Prachanda
puspa kamal dahal
Sher Bahadur Deuba