ताजा खबर News

काँग्रेसको समर्थनमा माओवादी नेतृत्वको सरकार बन्ने पक्का

काँग्रेसको समर्थनमा माओवादी नेतृत्वको सरकार बन्ने पक्का
  असार - २८ । नेकपा (माओवादी केन्द्र) ले नेपाली काँग्रेसको समर्थनमा आफ्नो नेतृत्वको नयाँ सरकार गठन हुने जनाएको छ । नेकपा (एमाले) को नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएलगत्तै पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर सो पार्टीका नेता कृष्णबहादुर महराले काँग्रेसले अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्ने पत्र दिएको जिकिर गरे । Maobadi Kendra उनले सरकार गठनको समयमा एमालेसँग भएको सहमति एवम् पछिल्लो पटक वैशाख २३ गते भएको नौबुँदे सहमति एवम् तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न एमाले तयार नभएपछि आफूहरु सरकारमा रहिरहन नैतिक हिसाबले गाह्रो भएको जानकारी दिए । नेता महराले राष्ट्रिय सहमतिको सरकारका लागि माओवादी केन्द्रले विगतदेखि नै आफ्नो धारणा राख्दै आएको उल्लेख गर्दै एमालेले समेत त्यसमा सहमति जनाउने जिकिर गरे । उनले भने, “संविधान कार्यान्वयनको पहिलो चरणमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने र दोस्रो चरणमा काँग्रेसले नेतृत्व गर्ने सहमतिसमेत भएको छ ।” संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण लगायत विषयमा सबै दलको सहमति जरुरी भएको बताए । नेता महराले जुन आधारमा सरकार निर्माण भएको हो, त्यही आधारमा रहन तयार नभएपछि त्यसमा रहनु र नरहनुको कुनै अर्थ नभएकाे बताए । उनले सरकारको स्वरुप लगायत विषयमा काँग्रेससँग थप छलफल गरेर अगाडि बढिने र त्यसबारे काँग्रेसले सार्वजनिक रुपमा नै जानकारी गराउने बताए । सञ्चारकर्मीको जिज्ञासामा नेता महराले सङ्क्रमणकालीन न्याय, संविधान कार्यान्वयन एवम् पुनःनिर्माण लगायत विषयमा सबै दल मिलेर नै अगाडि बढिने भन्दै कोही आत्तिने र कोही मात्तिनु जरुरी नभएको स्पष्ट पारे ।

Krishna Bahadur Mahara Maobadi Kendar Prachanda

विशेष