ताजा खबर News समाज

बन्ने भए प्रचण्ड प्रधानमन्त्री

बन्ने भए प्रचण्ड प्रधानमन्त्री
prachanda-shera-b-deuwa असार – २८ । माओवादी अध्यक्ष प्रचण्डलाई पहिलो चरणमा केही समयका लागि प्रधानमन्त्री बनाउने प्रतिवद्धता पत्र नेपाली कांग्रेसले पठाइसकेको माओवादी नेतृ तथा प्रबक्ता पम्फ भुसालले बताएकी छन । नेपाल आजसंगको कुराकानीमा उनले काँग्रेस माओबादी बिच सहमति भैसकेकाले ‘पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने कांग्रेसको पत्र हामीले पाइसकेका छौं,’ । केपी ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको लगतै नेतृ पम्फा भुसालले प्रचण्डको नेतृत्वमा सरकार बन्ने पक्का भएको बताएकी छन् । प्रचण्डले केही समय प्रधानमन्त्री चलाउने र त्यसपछि देउवाले चुनावी सरकारको नेतृत्व गर्ने गरी कांग्रेससँग छलफल अघि बढेको नेतृ भुसालले स्पष्ट पारिन् । तर सरकारमा अरु मन्त्रीहरु कसकसलाई लिने भन्ने बारेमा भने छलफल नभएको जिकिर गरिन । साेही पार्टीका नेता अमिक सेरचनले अन्तिम अवस्थासम्म एमालेलार्इ पनि सहमतिकाे सरकारमा समेटेर लैजाने प्रयत्न गरिने बताएका छन् । उनले सविधान कार्यवन्वन र शान्ति प्रक्रिया पुरा गर्नकाे लागि काेही पनि पक्ष प्रतिपक्ष रहन अावश्यक नरहेकाे भन्दै एमालेलार्इ सहमतिमा अाउन अाग्र गरेका छन् । उनले प्रचण्डकाे नेतृत्वमा सरकार बन्ने पक्कापक्की भइसकेकाले‍ अवकाे केही दिन भित्रै सरकारले मूर्त रुप पाउने विश्वास व्यक्त गरे । अाफू मन्त्री बन्ने की नबन्ने नेपालअाजकाे प्रश्नमा उनले अाफू राष्ट्रपतिकाे उमेद्वार बनिसकेकाले मन्त्री नबन्ने स्पष्ट पारे ।

maobadi Maobadi Kendar Pampha Bhusal

विशेष