ताजा खबर News

माओवादी–एमाले सहमती यसरी चुक्यो

माओवादी–एमाले सहमती यसरी चुक्यो
असार – २८ । माओवादी र एमालेले गरेको ९ बुँदे सहमतिको पहिलो बुँदामा संविधानको कार्यान्वयन र सामाजिक आर्थिक रुपान्तरणका लागि अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने उल्लेख गरिएको थियो । 44 संविधान कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा संरचनागत कार्य प्रभावकारी रुपमा अघि बढाउने उल्लेख थियो । यही बुँदामा टेकेर माओवादीले समर्थन फिर्ता लिएको हो । यो सहमति बैशाख २३ मा भएको थियो । यसबाहेक सत्ता साझेदारीका विषयमा एमाले र माओवादीबीच तीन बुँदे भद्र सहमति पनि भएको थियो । उक्त सहमतिअनुसार एमालले माओवादीलाई सत्ता हस्तान्तरण नगरेको माओवादीको आरोप छ । [caption id="attachment_11407" align="alignnone" width="749"]9 Bude Sahamati एमाले र माओवादीबीच भएको ९ बुँदे सहमती [/caption] यहीबाट फेरि कांग्रेस र माओवादीबीच सघन संवाद शुरु भयो । जब असार १८ मा माओवादीको पोलिब्युरो बैठक बस्यो, जसले एमालेले बिगतका सहमति कार्यान्वय नगरेको निश्कर्ष मात्र निकालेन मुद्दा मिल्ने शक्तिसँग गठबन्धन पनि बनाउने बाटो खुला गर्यो । माओवादीको यो निर्णयले कांग्रेससँग औपचारिक संवाद् र गठबन्धनका लागि ढोका खोल्यो । माओवादी प्रवत्ता पम्झा भूसालले सहमति कार्यन्वयन नभएपछि एमालेसँगको सहकार्य तोडिएको बताइन् । माओवादीको केन्द्रीय कार्यालय बैठकले सहमतीय सरकारका लागि आवश्यक सबै निर्णय लिन प्रचण्डलाई जिम्मा दियो । बैठकबाट प्राधिकार पाएपछि प्रचण्डले कांग्रेस सभापतिसँग नयाँ गठबन्धनको विषयमा सघन छलफल गरे । त्यसपछि, कांग्रेस–माओवादीबीच नयाँ गठबन्धनको अनौपचारिक समझदारी बन्यो । [caption id="attachment_11408" align="alignnone" width="937"]3-point एमाले र माओवादीबीच भएको ३ बुँदे सहमती [/caption] यसैको आधारमा माओवादी केन्द्रले आज राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको कार्यालयमा पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको छ । माओवादीको पत्रले सरकार स्वतः अल्पमतमा परेको छ । अब केपी ओलीको नयाँ बाटो कस्तो हुनेछ हेर्न बाकी नै छ । अबको बाटो साझ ६ बस्ने बैठकले तय गर्नेछ । एमालेले यस विषयमा निर्णय गर्न साँझ ६ बजे स्थायी समितिको बैठक बोलाएको छ । माओवादी नेता कृष्णबहादुर महराले चाहिँ मंगलवार दिउँसो पत्रकार सम्मेलन मार्फत काँग्रेसले माओवादीलाई समर्थन गर्ने पत्र दिएको खुलासा गरेका छन् ।

KP Sharma Oli Prachanda

विशेष