ताजा खबर News समाज

स्वदेशी तथा विदेशी अस्थिरतावादी शक्तिहरुको सिकार बन्यो अहिलेकाे सरकार : लालबाबु पण्डित

स्वदेशी तथा विदेशी अस्थिरतावादी शक्तिहरुको सिकार बन्यो अहिलेकाे सरकार : लालबाबु पण्डित
babu-lal असार - २८ । पूर्व सामान्य प्रसासनमन्त्री तथा एमाले नेता लालबाबु पण्डितले अहिलेको सरकार आफै नढलेर स्वदेशी तथा बिदेशी अस्थीरताबादी शक्तिका कारणले ढलेको बताएका छन् । उनले संविधान कार्यन्वयनको लागि तीनवटै दल एकै ठाँउमा आउनु पर्ने आवश्यक्ता भए पनि माओवादीकै कारणले एक ठाँउ आउन नसक्ने धारण ब्यक्त गरेका छन । नेपाल आजसंगको कुराकानीमा पण्डितले माओवादी धोकेबाज भएको संज्ञा दिएका छन । नौ बुँदे सहमतिलाई ब्यंग्य गर्दै पण्डितले माओवादीले गलत र भ्रमपूर्ण एजेण्डा बोकेका कारण त्यो पूरा गर्न नसकको बताएका छन् ।  उनले संबिधान जारीगर्न पनि एमाले काँग्रेसलाई एकै ठाँउ ल्याएर एमालेले महत्वपुर्ण भुमीका खेलेकाले संबिधान जारी भएको दावी गरे । उनले तत्काल एमाले, प्रचण्ड र देउवा कसैको नेतृत्वमा सरकारमा जान नसक्ने बताए । यदि राष्ट्रिय सहमतिको सरकार केपी शर्मा ओलीको नेतृत्वमा बने सफल हुने र अरुको नेतृत्वमा बने नहुने समेत दावी गरे । नेता पण्डितले त्यस्को आधिकारीक कुरा र आगामी सरकारको कार्यनीतिको विषयमा फिक्स गर्न मंगलबार साँझ स्थायी समितिको बैठकबाट ठोस हुने बताए । प्रचण्डलाई सराप्दै पण्डित भन्छन प्रचण्ड यी कारणले सिद्धिए  prachand 3 नेता लालबाबु पण्डितले प्रचण्डलाई सिद्धिन थालेको बताएका छन । उनले बुँदागत हिसाबले नै प्रचण्ड सकिएको बताए ।
१ पद २ सुरक्षा  ३ बिलासिता
प्रचण्डलाई यि तीन कुराले निलिसकेको बताँउदै । देशको लागि केहि पनि गर्न नसक्ने दावी गरका छन । नेपाल आज संगको टेलिफोन बार्तामा नेता पण्डितले लुटेर, धुतेर भएपनि प्रचण्डमा कमाउने सोख रहेको बताए । उनले भने प्रचण्डका लागि बिलासिताको जीवन आवश्यक्ता भएकोले त्यसैको खोजीमा रहेको बताए । उनले धित मरुन्जेल प्रचण्डलाइ गाली गरेका छन । नक्कली राष्टबाद र जनबादको खोक्रो आर्दशमा हराइरहेको प्रचण्ड नेपालको काम नलाग्ने नेता भएको समेत बताए र उनले आफनो पार्टी भित्र अन्तर बिरोध भएपनि सरकारको विषयमा भने केहि नभएको जिकिर गरे । माओवादीलाई यहाँसम्म ल्याउन एमालेको हात रहेको समेत भन्न भ्याए ।

विशेष