विदेश

इटाली रेल दुर्घटनामा १० को मृत्यु

इटाली रेल दुर्घटनामा १० को मृत्यु

असार - २८ । इटालीको दक्षिणमा अवस्थित पुग्लियामा मङ्गलबार दुई रेल एक आपसमा ठोकिँदा कम्तिमा १० जनाको मृत्यु भएको उद्धारमा सम्लग्न अग्नि नियन्त्रकले बताएका छन् । दुर्घटना मानवीय त्रुटीका कारण भएको बताइएको छ ।

train

रेल दुर्घटनाग्रस्त भएको स्थानबाट प्राप्त भएका दृश्यचित्रमा इटालीको सुरक्षाकर्मीसहितका उद्धार टोलीले दुर्घटनाबाट कुच्चिएका रेलका डब्बाबाट रेलभित्र रहेका मानिसको उद्धार गरी अस्पताल पठाएका देखाइएको छ । पुग्लियाको एन्ड्रिया सहरस्थित एकल लिकमा भएको उक्त दुर्घटनामा कैयौँ मानिस घाइते भएका छन् ।

Train 1

यसैबीच इटालीका प्रधानमन्त्री माटेओ रेन्जीले दुर्घटनाको खबर सुन्ने बित्तिकै मिलानमा दिइरहेको भाषणलाई रोकेरै दुर्घटनाको कारण पत्ता नलाग्दासम्म अनुसन्धानलाई युद्धस्तरमा अगाडि बढाइने बताउनुभएको छ । दुर्घटनाको खबरपछि प्रधानमन्त्री रेन्जी तत्कालै आफ्नो भ्रमण छोटाएर रोम फर्किने बताउनुभएको छ । एएफपी

Italy Train Accident

विशेष