यस्ता छन् नयाँ सरकार गठनका विकल्पहरु ................
असार - २८ । नेकपा माओवादी एकता केन्द्र सरकारबाट बाहिरिने घोषणासँगै नयाँ संविधानको संक्रमणकालिन व्यवस्थाअनुसार बनेको सत्तासमिकरण भत्किएको छ । तर, नयाँ सरकारको गठन प्रक्रिया अव कसरी अघि बढ्छ भन्ने स्पष्ट भइसकेको छैन ।
प्रधानमन्त्रीको राजीनामा
माओवादी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री केपी ओली अल्पमतमा परेका छन् । त्यसका निम्ति सबैभन्दा सहज बाटो भनेको प्रधानमन्त्रीको राजीनामा नै हो । तर, एमाले निकट नेताहरूका अनुसार प्रधानमन्त्री केपी ओली राजीनामा दिने मनस्थितिमा छैनन् । केपी ओली संसदमा नै फेस गर्ने तर्फ जाने बताएका छन ।
अन्य दलले आफूलाई सरकारमा रहेर काम गर्न दिएनन् र जबर्जस्ती सरकारबाट हटाइयो भन्ने सन्देश बाहिर जाँदा पार्टीको इमेज राम्रो हुने पनि एमाले नेताहरुको धारणा छ ।
यदि उनले राजीनामा नदिने हो भने सरकार निर्माण वा यही सरकार यथावत राख्ने दुई विकल्प छन् । पहिलो प्रधानमन्त्री आफैंले संसदमा सरकार टिकाउनका निम्ति संसदबाट विश्वासको मत लिने । तर अल्पमतमा परिसकेका प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्दा हार स्वाभाविक हुन जान्छ ।
धारा २९८ को उपधारा १३
यस अवस्थामा प्रतिपक्षका लागि सरकार परिवर्तनका निम्ति दोस्रो विकल्प हुनेछ संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्न धारा २९८ को उपधारा १३ अन्तर्गत एक चौथाई संसदले प्रधानमन्त्रीविरुद्ध संसदको विश्वास छैन भनी अविश्वासको प्रस्ताव दर्ता गर्न सकिनेछ ।
एमालेले केही समयदेखि अहिले संक्रमणकाल भएकाले सरकार परिवर्तन गर्न संवैधानिक जटिलता छ भन्ने दावी गर्दै आएको छ ।
त्यसकारण पनि उसले सजिलै सरकार छाड्ने सम्भावना कम छ र संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने सम्भावना ज्यादा छ । कांग्रेस र माओवादीले यसबारे कसरी अघि बढ्ने भन्ने कुरा अब ओलीले कस्तो रणनीति लिने हुन् भन्नेमा भर पर्ने देखिन्छ ।
KP Sharma Oli
maobadi
Maobadi Kendra
Nepal Sharkar
nepali police
Samsad Bhawan