ताजा खबर News

अनसनरत डाक्टर केसीको स्वास्थ्य बिग्रियो, प्रशासनद्वारा असहयाेग

अनसनरत डाक्टर केसीको स्वास्थ्य बिग्रियो, प्रशासनद्वारा असहयाेग
असार – २८ । अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रेको छ । डाक्टर केसीलाई सास फेर्न अप्ठेरो हुने, मुटुको धड्कन बढ्ने, पिसाब कम हुनेलगायत समस्या देखिएका छन् । Dr Gobinda KC केसीको स्वास्थ्य जटिलतालाई मध्यनजर गर्दै मंगलबार बिहानदेखि स्लाइन दिन थालिएको छ । शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरको सक्रियतामा केसीको स्वास्थ्य परीक्षण गरी स्लाइन दिन थालिएको हो । यता, रेजिडेन्ट डाक्टर र अन्डर ग्राजुएट स्टुडेन्ट एसोसिएसनले केसीको स्वास्थ्य अवस्था बिग्रिएको र अस्पताल व्यवस्थापनले असहयोग गरेको भन्दै डिन कार्यालयको ध्यानाकर्षण गराएका छन्। सहायक डिन शरद शर्मालाई मंगलबार भेटेर उनीहरूले केसीलाई बस्ने कोठासम्म नदिइएको र स्वास्थ्य परीक्षणमा असहयोग गरेको भन्दै ध्यानाकर्षण गराएका हुन्।

Dr. Gobinda Kc

विशेष