सरकारका विषयमा औपचारिक निर्णय गर्न कांग्रेस बैठक बस्दैं
असार २९ । नयाँ सत्ता समीकरणको विषयमा छलफल गरी औपचारिक निर्णय लिन व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार, कार्यसमितिको बैठक असार २९ गते बिहान साढे आठ बजे व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा बस्ने छ ।
Congress