ताजा खबर News

भारतिय राजदूत र मोर्चा नेताबिच गोप्य छलफल

भारतिय राजदूत र मोर्चा नेताबिच गोप्य छलफल

Ranjit काठमाडौं, असार २९ । नयाँ सरकार गठनको पहल सुरु भएको बेला भारतीय राजदूत रञ्जित रे र मधेसी नेताहरुबीच मंगलबार राती गोप्य छलफल भएको छ । राजधानीको एक पाँचतारे होटलमा डिनरसहित भएको उक्त गोप्य भेटवार्तामा माओवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सुरु भएको नयाँ सरकारको पहलसँगै मधेसी दलहरुको खेल्नुपर्ने भूमिकाबारे छलफल केन्द्रीत भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार भेटमा मधेसी नेताहरुले ओली सरकार धरापमा परेकोमा खुसी व्यक्त गर्दै अब पनि ओलीले राजीनामा नदिए संसदमा आउने अविस्वासको प्रस्तावमा विपक्षमा मतदान गर्ने र नयाँ सरकार बन्न लागेको अवस्थामा पनि एमालेको विपक्षमा मतदान गर्ने बताएका थिए । लामो समय मधेस र राजधानीमा आन्दोलन गर्दा पनि माग सम्बोधन नगरेर ओलीले उल्टै दमनको नीति लिएको आरोप लगाउँदै मधेसी नेताहरुले आक्रोस समेत पोखेका थिए ।

यसरी राजदूतसँगको छलफलका क्रममा ओलीविरुद्ध कटाक्ष गर्नेको अग्रपंक्तीमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव थिए । छलफलमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपाको अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु सहभागि रहेको बताइएको छ ।

Ranjit Ray

विशेष