ताजा खबर News समाज

माओवादी सरकारबाट बाहिरिनु दुर्भाग्यः एमाले (विज्ञप्ती सहित)

माओवादी सरकारबाट बाहिरिनु दुर्भाग्यः एमाले (विज्ञप्ती सहित)

UMl काठमाडौं असार २९ । नेकपा एमालेले माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै स्थायि समितिको बैठक बसेको छ । मंगलवार राति बालुवाटारमा सम्पन्न एमालेको ४० औं स्थायि समितिको बैठकले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने गरेको निर्णय देशका लागि दुर्भाग्यपूर्ण रहेको निषकर्ष निकालेको छ ।

बैठकपछि एमाले महासचिव इश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा एमालेले वर्तमान सरकार अत्यन्त प्रतिकूल परिस्थितिमा गठन भएको र मुलुकका सामु उत्पन्न अनेकौं चुनौतीहरुको सफलतापूर्वक सामना गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा दूरगामी महत्वका निर्णयहरु गर्दै अगाडि बढिरहेको जनाएको छ ।

UMl

UML

विशेष