पत्रकार सेमिनार सुरु
असार २९ । राष्ट्रिय खेलकुद परिषद्, खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजनामा तीन दिने पत्रकार सेमिनार सोमबार सुरु भएको छ । विश्वमा खेलकुदको गतिविधीमा बृद्धि भईरहेको र त्यसका सुचनाहरु जन समक्ष सम्प्रेषण गर्दै आदर्श खेलकुद संस्कार श्रृजना गर्ने मुख्य हतियार पत्रकारीता भएको तथ्यलाई अनुभुती गर्दै नेपालमा पनि खेलकुद गतिविधीका सुचनाहरु जन समक्ष प्रस्तुत गर्दै सचेत गर्ने कार्यलाई अझ प्रभावकारी बनाउने उद्धेश्यले राष्ट्रिय खेलकुद परिषदले नेपाली खेलकुद पत्रकारहरुको लागि सेमिनार संचालन गरेको हो ।
तीन दिने सेमिनारमा नेपालका छापा तथा विद्युतिय माध्ययमका ३० खेलकुद पत्रकारहरुको सहभागिता रहेको छ । सेमिनारकोसुचना तथा संचार मन्त्री शेरधन राईले उद्घाटन गरेका थिए ।
Seminar