प्रवास News

दुतावासमा कर्मचारीकाे हानाहान

दुतावासमा कर्मचारीकाे हानाहान

Embassy दिल्लीस्थित नेपाली दुतावासमा कार्यबहाक राजदुत रहेका सहसचिव कृष्ण ढकाल र उनलाई सघाउनलाई काजमा गएका उपसचिव हरि ओडारीका बीचमा कुर्सी हानाहान र भनाभन भएको छ । जनआस्थामा प्रकाशित समाचार अनुसार कडा स्वभावका यी दुई अधिकृतका बीचमा शुक्रबार नयांदिल्लीको बाह्रखम्बा रोडस्थित दुतावासमा ‘कारगिल युद्ध’ भएको हो ।

सांस्कृतिक मामिला हेर्ने उपसचिव कृष्ण पन्त र द्धितिय सचिव गणेश अधिकारीले नछुट्याएको भए अप्रिय घटना हुनेसम्मको स्थिति थियो । दुतावासमा भुकम्पका लागि संकलित रहेको राहत थुप्रिएको छ । ओडारीले राहतको सामाग्रीको व्यवस्थापनमा चासो लिए । काठमाडौंबाट फर्किएका ढकालले मलाई नसोधी आफुखुशी जान्ने हुंने भनेर प्रश्न तेर्साए । ओडारीले १ बर्षसम्म के हेरेको त भनेर जवाफ लगाए । यसरी शुरु भएको विवाद कुर्सी हानाहानसम्म पुगेको जनआस्थाले लेखेको छ ।

Indian Embassy

विशेष