अपराध सुरक्षा ताजा खबर रोजगार News

घुस बुझ्न मन्त्री बोहरा मलेसिया पुगेपछि..

घुस बुझ्न मन्त्री बोहरा मलेसिया पुगेपछि..

Dipak-Bohora श्रम तथा रोजगार मन्त्री दीपक बोहराले बायोमेट्रिक प्रणालीमा बृद्धि गरिएको प्रतिव्यक्ति ३० डलरको हिस्सा लिन मलेसिया गएको जनआस्थामा खबर छ । उनले मलेसिया पुगेर सो प्रणालीका संचालक मोहम्मद अमिनलाई भेटेका छन् । खासमा मलेसियामा विदेशी कामदारको कोटा, उनीहरुलाई प्रदान गरिने सुविधा र भिसा त्यहांका गृह तथा उपप्रधानमन्त्री मोहम्मद हमिदीले हेर्छन । हमिदी प्रधानमन्त्रीपछिका शक्तिशाली उपप्रधानमन्त्री पनि हुन् ।

उनको कार्यक्षेत्रमा अरु मन्त्रीले हेर्ने कुरै भएन । तर हमिदि, दिपकको भ्रमणको बेला मुस्लिमको पवित्रस्थल साउदी गएका थिए । नेपाली मन्त्रीको औपचारिकताका लागि मात्र मानवसाधन मन्त्रीलाई भेटे र व्यवसायीले सुझाएका केही कुरा राखे । जवाफमा यी विषय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भएकाले गृह तथा उपप्रधानमन्त्री हमिदीलाई भेटेर छलफल गर्न सुझाएका नेपाली व्यवसायीहरुले पत्ता लगाए । उनले मन्त्री हुनासाथ टेकबाहादुरले भित्र्याएको विदेश जाने श्रमिकको स्वास्थ्य परिक्षण गर्ने बायोमेट्रिक प्रणालीबाट समेत भाग खोजे । फ्रि भिषा र टिकटको प्रावधान लागू गरेर मलेसियामा नेपाली श्रमबजार फुत्काएका टेकबहादुरले जम्मा २६ सयमा गरिदै आएको स्वास्थ्य परिक्षणलाई ४५ सय पुुर्याए ।

एकातिर फ्रि भिषा र टिकटको नाममा कामदारको पक्षमा काम गरेको हल्ला चलाए तर अर्कातर्फ स्वास्थ्य परीक्षणमा नयां प्रणाली भित्र्याएको नाममा विदेशीने नेपालीबाट करडौं कमिसन आइरहेको गरि मुर्ख बनाए । दीपकले समेत कमिसन नलिई नछाड्न अड्डी लिएपछि उनका लागि करोडौं जुटाउन भर्खरै फेरि यो प्रणालीमा थप २० डलर प्रतिकामदार लिन थालिएको छ ।

वायोमेट्रिक भन्दा पहिले नै माइग्राम गराउन भन्दै थप ३० डलर बराबरको रकम कामदारबाट असुल्न सुरु भइरहेको छ । वायोमेट्रिक पहिलेका बंगलादेशी र हाल मलेशीयाको नागरिक बनिसकेका मोहम्मद अमीनको कम्पनी बेस्टिनेट प्रालीले सञ्चालन गर्दे आएको छ । टेकबहादुर मन्त्री भएका बेला पनि यिनैलाई भेटी कम मिलाउथे र दीपकले पनि मलेशिया गएर यिनैलाई भेटेर बढाएका ३२ सय रुपैयाको कमिसन पक्कापक्की गरेर फर्किएका संघका पदाधिकारीको दाबी छ ।

Dipak Bohara Rojgar

विशेष