ताजा खबर News

दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता प्रचण्ड

दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता प्रचण्ड

prachand 3

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिमा नाटकीय परिवर्तन नआएको खण्डमा दोस्रो पटक प्रधानमन्त्री बन्दैछन् । दोस्रो प्रधानमन्त्री बन्ने एकमात्र कम्युनिष्ट नेता उनै हुनेछन् । अहिलेसम्म ६ जना कम्युनिष्ट प्रधानमन्त्री भइसकेका छन् । मनमोहन अधिकारी, प्रचण्ड, माधबकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी ओली प्रधानमन्त्री भइसकेका छन् । यि ६ जना मध्ये दाहोराएर कोहीपनि प्रधानमन्त्री भएका छैनन् । प्रधानमन्त्री बन्न सफल भएभने प्रचण्डले नयां इतिहास रच्नेछन् ।

प्रचण्ड प्रधानमन्त्री नबन्न पनि सक्छन्

निर्वाचित नभएसम्म प्रचण्डको प्रधानमन्त्री पक्का भएको मानिनेछैन । उनलाई जिल्लाराम बनाउन एमालेदेखि विदेशी शक्तिकेन्द्रसम्म लाग्ने निश्चित छ । आफ्नै पार्टीका २४० सभासद् हुंदासमेत उनी पहिलो संविधानसभामा पटकपटक प्रधानमन्त्री बन्नबाट बञ्चित भएका थिए । बाबुराम भट्टराई सहजै समर्थन गरेको मधेशी मोर्चाले प्रचण्डलाई मतदान गरेको थिएन । सात पटकसम्म प्रधानमन्त्रीको रेसमा रन्थनिएका प्रचण्डले उम्मेदवारी फिर्ता लिएका थिए ।

कांग्रेसले प्रचण्डलाई समर्थन गर्ने बताइएको छ । तर, आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने मागपनि कांग्रेसभित्र उठिरहेको छ । यस्तो स्थितिमा एमाले अध्यक्ष ओलीले प्रचण्डको सपना भङ्ग गराउने गरी देउवालाई धाप मारिदिए परिस्थिति बिल्कुलै फरक हुनसक्छ । कांग्रेसको इमानजमान ओलीका पालामा देखिएकै थियो । भद्र सहमति तोडिनु यहां नौलो होइन ।

Prachanda Puspakamal Dahal

विशेष