ताजा खबर News

बजेटलाई हतियार बनाउंदै ओलीको राजिनामा मांगिदै

बजेटलाई हतियार बनाउंदै ओलीको राजिनामा मांगिदै

Samsad vaban असार २९ । आज बजेट पारित गर्नका लागि व्यवस्थापिका संसदको बैठक डाकिएको छ । प्रधानमन्त्री केपी ओलीले राजिनामा नदिएको खण्डमा माओवादी केन्द्रले बजेट पास गर्न नदिने तयारी गरेको छ । आफैंले प्रस्तुत गरेको बजेट पारित नभएमा प्रधानमन्त्री ओली थप नैतिक संकटमा पर्नेछन् ।प्रधानमन्त्री ओलीले राजिनामा दिएमा माओवादी केन्द्रले बजेट पास गर्न संघाउने निर्णय गरेको छ ।

संसदमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्न माओवादी संसदीय दलको बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले राजिनामा नदिएमा संसदमा अल्पमतको प्रस्ताव दर्ता गराउने तयारीमा माओवादी र कांग्रेस लागेका छन् ।

Samsad

विशेष