ताजा खबर News

दिक्तेलमा भिषण आगलागी

दिक्तेलमा भिषण आगलागी

aglagi असार २९ । खोटाङ सदरमुकाम दिक्तेलमा भीषण आगलागी भएको छ । बुधबार बिहान पौने ८ बजेतिर सुरु भएको आगोमा परि दिक्तेल नगरपालिका–२ थर्पुटोलका बिनोद पाण्डे र ढकप्रसाद पाण्डेको घर जलेर नष्ट भएको छन् ।

186

बिनोदको घरबाट सुरु भएको आगोबाट बचाउने क्रममा सँगै रहेका जीवन बस्नेत र सुमन बस्नेतको संयुक्त घर भत्काइएको छ । आगोले बिनोद र ढकप्रसादको घर पूर्णरुपमा ध्वस्त भएको छ ।

dikस्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले आगो नियन्त्रणको प्रयास गरिरहेको छन् । वरपरका अन्य घरमा आगो फैलिन नदिन उच्च सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पानी, हिलो, केराको थम्बा हानेर आगो निभाउने प्रयास भइरहेको छ ।

khotang

विशेष