भानुभक्त आचार्यको २ सय ३ औं जन्म जयन्ती देश विदेशमा भव्य रुपमा मनाइदैं
काठमाडौं, २९ असार । आदिकवि भानुभक्त आचार्यको २ सय ३ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानु जयन्तीको अवसरमा राजधानीमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । यस्तै दार्जिलिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश भारतीय क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् ।
राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए । उनका ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’ ( १९१०) ‘वधूशिक्षा’ – १९१९), ‘रामगीता’(१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् ।
Bhanu Bhakta Acharya