ओलीलाई हटाउन मोर्चाले सघाउने
काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाले समर्थन गर्ने भएको छ । मोर्चाका संयोजक ससमाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका हुन् ।
तर नयां सरकारमा नजाने बताएका छन् । नयाँ बन्ने सरकारले मोर्चाले उठाएका माग तथा विगतका सम्झौता कार्यान्वयन गर्न कस्तो व्यवहार प्रदर्शन गर्छ, त्यसले सरकारलाई सहयोग गर्ने र सहभागी हुने आधार तय गर्ने उनको जिकिर रहेको छ ।