ताजा खबर News

यस्तो हुंनेछ प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद

यस्तो हुंनेछ प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद
mantri-parisad-nepalaaja कांग्रेसले प्रचण्ड नेतृत्वमा सरकार बनाउने औपचारिक घोषणा गरेसंगै भावि मन्त्रिपरिषदका बारेमा चर्चा हुन थालेको छ । स्थानीय निकायको निर्वाचनसम्म प्रचण्ड प्रधानमन्त्री हुंनेछन् । त्यसपछि प्रदेश तथा संघीय निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा गराउने सहमति दुई दलका बीचमा भएको छ । प्रचण्ड नेतृत्वको सरकारमा मधेशी मोर्चा आबद्ध सबैजसो दल सहभागी हुनेछन् । माओवादीले प्रधानमन्त्रीसहित कम्तिमा आठ मन्त्रालय पाउनेछ । कांग्रेसले बरिष्ठ उपप्रधानमन्त्री १० पाउंने बताइएको छ । फोरम लोकतान्त्रिकले २ मन्त्रालय पाउंनेछ । बांकी मन्त्रालय छलफलका आधारमा टुंगाइनेछ । कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई गृहमन्त्रीमा पठाउने सम्भावना बलियो छ । देउवा नेतृत्वको मन्त्रिमण्डलमा गृहमन्त्री रहिसकेका खड्का नेपथ्यमा रहने राजनीतिक स्ट्राइकर हुन् । बिमलेन्द्र नीधिले भौतिक वा उनले छानेको कुनै मन्त्रालय पाउने सम्भावना छ । लोकतान्त्रिकका विजय गच्छदारले भोतिक पूर्वाधार मन्त्रालय नछोडेमा उनी परराष्ट्रमन्त्री बन्ने सम्भावनापनि छ । देउवाले सुजता कोइरालालाई उपप्रधानसहित मन्त्रिमण्डलमा पठाउने सम्भावना रहेको बुझिएको छ । महामन्त्री सशांक कोइराला सिकिस्त भएपछि सुजतालाई देउवाले अघि सार्ने सम्भावना छ । अर्थ मन्त्रालय कांग्रेसकै पोल्टामा पर्ने सम्भावना छ । त्यसो हुंदा प्रकाशशरण महतले बाजी मार्न सक्ने स्थिति आउनसक्छ । भाइका लागि दाइ रामशरण बाधक नबन्ने बताइएको छ । फर्मुला मन्सुर, सितादेबी यादव, उमाकान्त चौधरी, उषा गुरुङपनि चर्चामा छन् । माओवादीले केही मन्त्रीलाई निरन्तरता दिने सम्भावना छ । गिरीराजमणि पोखरेल, उमेश यादव र रेखा शर्माको सम्भावना बलियो छ । त्यस्तै जनार्दन शर्मा मन्त्री बन्ने निश्चितजस्तै रहेको बताइन्छ । माओवादीले उपप्रधानमन्त्री लिएमा टोपबहादुर रायमाझीलेपनि निरन्तरता पाउने सम्भावना छ ।टोपबहादुर रायमाझी र कृष्णबहादुर महरा दुबै मन्त्रिपरिषद्मा अट्ने सम्भावना कम छ । ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका रायमाझी बाबुराम भट्टराईलाई छाडेर माओवादीमै बसेका नेता हुन् । उनको मन नदुखाउने प्रयासमा प्रचण्ड रहेको बुझिन्छ । उनले चाहेको कोहीलाई मन्त्री बनाएर प्रचण्डले महरालाई उपप्रधानमन्त्री बनाउने सम्भावना बलियो छ । कांग्रेस माओवादी गठबन्धनमा महराको भुमिका निर्णायक रहेको बताइन्छ । माओवादी नेता पोष्टबहादुर बोगटीकी पत्नी राममाया बोगटीलाईपनि मन्त्रीमा तान्ने सम्भावना रहेको बताइन्छ । थारु समुदायबाट यसपटक माओवादीले मन्त्रिपरिषद्मा प्रतिनिधित्व गराउने सम्भावना बढेको छ । त्यसो हुंदा बर्दियाबाट दुईपटक निर्वाचित भएका सन्तराम थारुले बाजी मार्ने सम्भावना छ । स्पेन प्रकरणमा मुछिएका उनको नाममा सहमति हुन नसके कैलालीबाट थारुको प्रतिनिधित्व हुने सम्भावना छ । व्यवश्थापिका संसद सदस्य नभएका कारण पार्टी एकीकरणमा आएका माओवादी नेताहरु मन्त्री बन्न पाउनेछैनन् । संविधानको संक्रमणकालिन व्यवश्थाअनुसार मन्त्रिपरिषद्मा बस्नका लागि व्यवश्थापिका संसदको सदस्य हुनुपर्दछ ।

cabinet mantri parisad minister cabiner

विशेष