९ महिनासँगै बसियाे कामरेड बाइबाइ भन्दै बाहिरिए माअाेवादी मन्त्रीहरु
असार - २९ । वर्तमान सरकारको प्रमुख साझेदार दल नेकपा (माओवादी केन्द्र)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सामूहिक राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी मन्त्रीहरुको तर्फबाट सामूहिक राजीनामा बुझाए माओवादीका तर्फबाट सरकारमा नेतृत्व गर्न गएका रायमाझीले ओलीलाई सबै मन्त्रीहरुको राजीनामा एकमुष्ठ बुझाएका हुन् ।प्रधानमन्त्री निवास बालुवाटारमा पत्र बुझाउन गएका रायमाझी जम्मा पाँच मिनेटमात्रै बसेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उपप्रधानमन्त्री रायमाझीले केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको सामूहिक राजीनामा पत्र बुझाउनुभएको प्रम ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
माओवादी केन्द्रले एमालेसित भएको नौबुँदे र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै मङ्गलबार सरकारबाट फिर्ता हुने र आफ्नो नेतृत्वमा प्रमुख प्रतिपक्षी दलका नेपाली काँग्रसको सहयोगमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।
केन्द्रको पदाधिकारी बैठक र संसदीय दलको बैठकले सरकार अल्पमतमा परेको भन्दै प्रम ओलीलाई राजीनामा दिई मार्गप्रशस्त गर्न आग्रह समेत गरिसकेको छ । केन्द्रले आजै व्यवस्थापिका–संसद् बैठक बस्नुअघि नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जनाएको छ । ओलीको नेतृत्व सरकारमामा २०७२ साल असोज २४ गते तत्कालीन एनेकपा (माओवादी) सहभागी भएको थियो ।
Maobadi Mantri
Top Bahadur Rayamaji