ताजा खबर News

प्रमविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता, २५४ सांसदले गरे हस्ताक्षर

प्रमविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता, २५४ सांसदले गरे हस्ताक्षर
असार - २९ । संसदमा प्रधानमन्त्री केपी शर्मा अाेलीविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ ।  kp-sharma-oli नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दुबै दलले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । तर, प्रधानमन्त्री ओलीले संसदको सामना गर्छु भनेपछि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । कांग्रेस र माओवादीलाई तीन सिट भएको नेकपा संयुक्तले पनि साथ दिएको छ । कांग्रेस प्रमुख सचेतक ईश्वरी न्यौपानेका अनुसार २५४ सांसदले हस्ताक्षर गरेका छन् ।

KP Sharma Oli Samsad

विशेष