ताजा खबर News

खास कुरो यस्तो रहेछ प्रचण्ड र देउवाबीचमा

खास कुरो यस्तो रहेछ प्रचण्ड र देउवाबीचमा
prachanda-shera-b-deuwa असार - २९ । केपी ओलीले भद्र सहमति नमानेको गुनासो गरिरहेका माओवादी अध्यक्ष प्रचण्डले अन्ततः कांग्रेस सभापति शेरबहादुर देउवासँग अर्को ‘भद्र सहमति’ गरेका छन् । यस्तो भद्र सहमतिको खुलासा बुधबार कांग्रेसको बैठकमा नेताहरुले गरे । नयाँ बानेश्वरमा बसेको बैठकमा कांग्रेस नेताहरुले स्थानीय चुनावपछि प्रचण्डले शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको पार्टी बैठकमा ब्रिफिङ गरेका हुन् । बैठकमा कांग्रेस नेता विमलेन्द्र निधीले माओवादी नेताहरुसँग सत्ता हस्तान्तरणबारे भएको ‘भद्र सहमति’बारे पनि जानकारी गराए । निधीले बैठकमा दिएको जानकारी अनुसार प्रचण्डले ९ महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि देउवालाई सत्ता हस्तान्तरण गर्ने अलिखित समझदारी भएको छ । बैठकपछि कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने, ‘स्थानीय चुनाव प्रचण्डको नेतृत्वमा गर्ने र प्रदेश एवं केन्द्रको चुनाव शेरबहादुर देउवाको नेतृत्वमा गर्ने समझदारी भएको ब्रिफिङ भएको छ ।’ प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाउने तयारी यसैवीच कांग्रेस केन्द्रीय कार्य समितिको बुधबार बसेको बैठकले प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । बैठकमा कांग्रेस नेताले पार्टी सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सातबुँदे सहमतिबारे जानकारी गराएका थिए, जुन सार्वजनिक गर्नुअघि नै मंगलबार चुहिएको थियो । माओवादीसँग भएको सहमतिलाई बैठकले अनुमोदन गरेको बताए उनले माओवादीसँग सात बुँदे सहमतिका अतिरिक्त केही अलिखित समझदारी समेत भएको बताए । यस्तो भद्र सहमतिमा प्रचण्डले स्थानीय चुनाव गराउने र अरु दुईवटा चुनाव देउवाले गराउने भन्ने छ ।

KP Sharma Oli maobadi Prachanda Sher Bahadur Deuba

विशेष