ताजा खबर News स्वास्थ्य

डा केसीको समर्थनमा हातमा कालोपट्टी

डा केसीको समर्थनमा हातमा कालोपट्टी
  असार २९ । प्राडा गोविन्द केसी अनशन बसेको चौथो दिन बित्दा पनि सम्बन्धित निकायबाट ठोस प्रतिक्रिया नआएको भन्दै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसियसनले आजदेखि हातमा कालोपट्टी बाँधेर काम गर्न थालेका छन् । dr-govinda-kc-nepal-aaja एसोसियसनमा आवद्ध चिकित्सकले डा केसीले उठाएका माग पूरा गर्न सरकारले कुनै पहल नगरको भन्दै आन्दोलनको घोषणा गर्नुपरेको एसोसियसनका अध्यक्ष डा लिजन महर्जन र सचिव डा सचित शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । डा केसी आइतबारदेखि टिचिङ अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सुधारको माग राख्दै आठौँ पटक अनशन बस्नुभएको छ । राष्ट्रिय चिकित्सक सङ्घ र राष्ट्रिय मावनअधिकार सङ्गठनले पनि केसीले उठाएका माग जायज भएको भन्दै समर्थन जनाएको छ ।

Dr Gobind KC

विशेष