अर्थ ताजा खबर बैंकिङ News

४९ सहकारी खारेजीमा

४९ सहकारी खारेजीमा

sahakari

असार - २९ । डिभिजन सहकारी कार्यालय बाराअन्तर्गत ०७२÷७३ मा ७५५ वटा सहकारी संस्था रहेकामा ४९ वटा संस्था खारेजीमा परेका छन् । कार्यालयका प्रमुख कुलोत्तम पोखरेलले नियमानुसार काम नगरेको, निष्क्रिय रहेको, लेखा परीक्षण, साधारणसभा नगरेको मासिक प्रगति नबुझाएको संस्थालाई सहकारी ऐन ०४८ परिच्छेद १० को दफा ४१, उपदफा ३ बमोजिम उक्त सहकारी संस्था खारेजी गरिएको जानकारी दिए । बारा जिल्ला हालसम्म कृषि ४१५, बचत तथा ऋण २२१, साना किसान कृषि १६, पशुपालन १६, मत्स्य १५, दुग्ध १३, विषयगत पाँच, उपभोक्ता तीन, सञ्चार दुई र तरकारी तथा फलफूल एक सहकारी सञ्चालनमा छन् । रासस

Bara Sahakari

विशेष