ताजा खबर News समाज

मधेशी मोर्चा नयाँ बन्ने सरकारमा सहभागी हुँदैन : लक्ष्मणलाल कर्ण

मधेशी मोर्चा नयाँ बन्ने सरकारमा सहभागी हुँदैन : लक्ष्मणलाल कर्ण
Laxman Lala Karnaअसार – २९ । सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले नयाँ बन्ने सरकारमा मधेशी मोर्चा सहभागी नहुने बताएका छन् । कर्णले सीमांकन संशोधन लगायतका मोर्चाका ११ बुँदे मागहरुको सम्बोधन नभएसम्म मधेशी मोर्चा सरकारमा सहभागी नहुने बताए । नेपाल आजसंगको कुराकानीमा उनले चाँडै मोर्चाको बैठक बसि परिवर्तित राजनीतिक अवस्थाबारे आधिकारिक निर्णय गरिने जानकारी दिएका छन् । नयाँ बन्ने सरकारमा मधेशी मोर्चाको भूमिका बारे उनले भने  'नयाँ बन्ने सत्ता गठबन्धनको मधेशबारे धारणा प्रष्ट रूपमा बाहिर आएपछि मात्रै मधेशी माेर्चा कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्ने छ ।' विगतमा नेपाली कांग्रेस र माओवादी दुबैको मधेश प्रतिको दृष्टिकोण विश्वासिलो नरहेको बताए । यस पटक भने मधेशी माेर्चा धेरै नै सचेत र गम्भीर बनेको उनले स्पष्ट पारे । ‘विगतको तीतो अनुभवबाट हामी धेरै सचेत भएका छौं । मधेशी मोर्चाले मधेशको हित हेरेर मात्रै कुनै किसिमको निर्णय गर्ने छ ।’ उनले भने । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच भएको ७ बूँदे सहमतिबारे महतोले दुबै पार्टीबाट आधिकारिक रूपले मोर्चालाई अाैपचारिक रुपमा जानकारी नगराएसम्म यस विषयमा कुनै टिप्पणी नगर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेशी जनतालाई गोलीको उपहार दिएकोले त्यसकाे घाउ मोर्चाले अझ नभुलेको जिकिर गरे । ओलीको कुनै खुवी नभएकाले मधेशी माेर्चाकाे मुद्दालार्इ वार्ताकाे पत्रमा मात्रै अल्झाएको आरोप लगाए । तर सरकारले इमान्दारीपूर्वक प्रयास गर्ने हो भने समस्या समाधान हुने उनकाे बुझाइ छ । 'कांग्रेस - माओवादी गठबन्धनले विगतको गल्ती नदोहराए र इमानदारीपूर्वक समस्या समाधानको लागि अघि बढे देशमा दिगो शान्ति र राजनैतिक स्थायित्व हुने छ ।'  स्पष्ट पारे ।

Laxman Lal Karna Madheshi Morcha

विशेष