विदेश

अमेरिका र दक्षिण कोरियाको प्रतिरक्षात्मक प्रणाली जडान, उत्तर काेरिया अाक्राेसित

अमेरिका र दक्षिण कोरियाको प्रतिरक्षात्मक प्रणाली जडान, उत्तर काेरिया अाक्राेसित

North-Korea-USA-and-South-Korea-War-Stock-Vector

असार - २९ । उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि उत्तर कोरियाको आणविक क्षेप्यास्त्रको परीक्षणलाई विफल बनाउने विशेष प्रविधिजडित संयुक्त प्रतिरक्षात्मक प्रणाली जडान गर्ने निर्णय गरेबमोजिम सो प्रणाली राखिएको छ ।

यद्यपि उक्त प्रणाली राख्ने भनी गरेको घोषणाको उत्तर कोरियाले भने कडा शब्दमा विरोध गरेको थियो । यस प्रविधि जडान गर्ने विषयमा गत शुक्रबार सो निर्णय भएको थियो ।

अमेरिका र दक्षिण कोरियाले हालैमात्र उत्तर कोरियाले गर्ने गरेको बारम्बारको क्षेप्यास्त्र परीक्षणस्थल समुद्रको पूर्वी तटीय क्षेत्रलाई लक्ष्यितगरी प्रतिरक्षात्मक प्रयोजनका लागि भन्दै संयुक्त सुरक्षा प्रणाली राख्ने बताएका थिए ।

सोही बमोजिम नै बुधबार दक्षिण कोरियाको उत्तरी प्रान्त जियङ्मा सो प्रविधि जडान गरिएको हो । उक्त प्रणालीका लागि सो क्षेत्रमा बुधबार ब्याट्री राखिएको बताइएको छ ।

दक्षिण कोरियाको रक्षामन्त्रालयले उक्त क्षेत्रमा ब्याट्री राखिएको जानकारी दिएको छ । यस विषयमा आज नै उत्तर कोरियाको कुनै प्रतिक्रिया आएको छैन ।

उत्तर काेरियाले भौतिक कारबाही गर्ने धम्की 

यता उत्तर कोरियाले गएको शनिबार मात्र पनडुब्बी परीक्षण गरेको छ भने अर्कातर्फ उसले यस्तो प्रणालीको जडान गरिएमा सशक्त रुपमा भौतिक कारबाही गर्ने पनि जनाएको छ ।

उत्तर कोरियाले बाह्य विश्वको आग्रहको वास्ता नै नगरी पछिल्ला केही महिनायता बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै त्यसको दक्षिणले भने निन्दा गरेको छ ।

उत्तर कोरियाले दुई देशको सो संयुक्त कार्य अन्तर्राष्ट्रिय नियम कानुनविपरीत छ भन्दै त्यस कार्यका विरुद्ध आफूले भौतिक रुपमा कारबाही गर्ने चेतावानी हालैमात्र दिएको थियो । सोमबार उत्तर कोरियाको सो धम्की आएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको हो । उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्नेगरी शनिबार बिहान गरेको यस क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरियाले निन्दा गरेको समाचारमा जनाइएको थियो । उत्तर कोरियाले भनेको छ– उक्त प्रतिरक्षात्मक प्रणाली जडान गर्ने योजना तत्कालै फिर्ता नलिने हो भने हामीले यस कार्यका विरुद्धमा भौतिक कारबाही सम्म पनि गरिने छ । पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण दक्षिण कोरिया तथा अमेरिकाले उसमाथि नाकाबन्दी लगाएका छन् । संयुक्तराज्य अमेरिकाले पनि उत्तर कोरियाका विरुद्धमा नाकाबन्दी लगाएको छ ।एएफपी

America north Korea South Korea

विशेष