ताजा खबर News समाज

जसले टाउकाको मूल्य तोकेका थिए उसैले प्रचण्डलाई टाउकामा चढाए

जसले टाउकाको मूल्य तोकेका थिए उसैले प्रचण्डलाई टाउकामा चढाए
prachanda-shera-b-deuwa २०५८ साल मंसिर ११ गते देशमा संकटकाल लाग्यो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भुमिगत माओवादीलाई आतंककारी घोषणा गर्यो । प्रचण्डसहितका नेताको मूल्य तोकियोः ५० लाख । त्यतिबेला ५० लाख भनेको राम्रै रकम थियो । झोलामा टाउको हालेर ल्याउने बोरामा पैसा लिएर जाने भन्ने भनाइ निकै चर्चित थियो । समयले कोल्टे फेर्न समय लाग्दो रहेनछ । त्यसको ७ बर्षपछि प्रचण्ड प्रधानमन्त्री भए । प्रचण्ड काठमाडौं आएपछि झण्डै १० बर्ष देउवा राजनीतिमा निष्प्रभावी जस्तै रहे । २०७२ सालमा उनी पार्टी सभापति भए । कांग्रेस सभापति भएपछिको सबैभन्दा बोल्ड डिसिजन देउवाले लिए, त्यो पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा । आफ्नोभन्दा झण्डै तेब्बर सानो दलका अध्यक्ष प्रचण्डलाई देउवाले टाउकोमा राखेर सिंहदरबारमा पठाउंदैछन् । पचास लाखको टाउकोलाई आफ्नो टाउकोमा राखेर देउवाले देशमा ठूलै तरंग पैदा गरेका छन् । देउवा - प्रचण्डका स्वार्थ देउवा - प्रचण्ड दुबैलाई युद्धकालिन मुद्दाको भय छ । प्रचण्ड त माओवादीका निरन्तरका सर्वोच्व नेता हुन् । माओवादी पक्षबाट भएका गैरन्यायीक घटनाको जिम्मेवारी उनले लिनुपर्ने हुन्छ । उनी आफैंले भनेका छन्ः जेल लगे सबभन्दा पहिले मलाई नै लग्नुपर्छ, मेरा कार्यकर्तालाई होइन । अर्कोतर्फ देउवाले लगाएको संकटकालका बेला थुप्रै गैरन्यायीक घटना भएका छन् । सो बेलाको सरकार प्रमुखका नाताले उनी जिम्मेवार ठहरिनेछन् । युद्धकालमा ओली राज्यको कुनै जिम्मेवारीमा थिएनन् । माओवादी युद्ध पूर्व उनी गृहमन्त्री भएका थिए । ओली युद्धकालिन मुद्धाका कारण जोखिममा पर्ने कुनै कारण थिएन । ओली प्रधानमन्त्री रहीरहे जोखिममा पर्न सक्थेः देउवा र प्रचण्ड । यसकारणले पनि देउवा दाहाल केमेस्ट्री मिल्न गयो । आलोपालो प्रधानमन्त्री चलाउने प्रचण्ड चाहना दुबैको पूरा हुने नै भयो ।

Prachanda puspa kamal dahal Sher Bahadur Deuba

विशेष