खेल News

पल्सर स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक

पल्सर स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक
असार - २९ । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अर्वाडको लागि विभिन्न विधाबाट ५–५ जना वर्ष खेलाडीको नाम सार्वजनिक गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले सार्वजनिक गरेको मनोनयनमा उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षकमा ५—५ जनाको मनोनयन सार्वजनिक गरेको हो । Plser awad वर्षका उत्कृष्ट पुरुष खेलाडीमा फुटबलबाट नवयुग श्रेष्ठ, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी, तेक्वान्दोका वीरबहादुर महरा र फुटबलका विकेश कुथु मनोनयनमा परेका छन् । महिलातर्फ जुडोकी फुपू ल्हामु खत्री, उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की छन् । त्यस्तै यस वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, जुडोकी मनीता श्रेष्ठ प्रधान, फुटबलका अन्जन विष्ट र क्रिकेटका सन्दीप लामिछाने परेका छन् । उत्कृष्ट वर्ष प्रशिक्षकमा फुटबलबाट बालगोपाल महर्जन, उसुबाट प्रकाश महर्जन, जुडोबाट दलबहादुर गुरुङ, फुटबलकै राजुकाजी शाक्य र क्रिकेटका जगत टमाटा उत्कृष्ट ५ भित्र परेका छन् । वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयां प्राप्त गर्नेछन् । अवार्ड घोषणा आगामी साउन ६ गते कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

Cricket cricket Nepal Pulsar Pulsar sport award 2072

विशेष