
असार – २९ । राजश्व विभागले पत्रकार कनकमणि दिक्षितलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । विदेशी बैंकमा राखेको रकमका बारेमा अनुसन्धान गरिरहेको विभागले हाजिर हुन दिएको समय दिक्षितले गुजारेपछि प्रहरी तैनाथ गरिएको हो । पत्रकार किशोर श्रेष्ठले फेसबुक स्टाटस दिक्षितलाई पक्राउ गर्न प्रहरी खटिएको जनाएका छन् ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिक्षितले गैर कानूनीरुपमा अकुत सम्पत्ति विदेशी बैंकमा राखेको भन्दै फेहरिस्त सार्वजनिक गरेको थियो ।
kanakamani dixit
pakrawo