ताजा खबर News समाज

देउवासंगको बिद्रोहदेखि देउवासंगको सहकार्यसम्म प्रचण्डको राजनीति

देउवासंगको बिद्रोहदेखि देउवासंगको सहकार्यसम्म प्रचण्डको राजनीति
पुष्पकमल दाहाल प्रचण्डका रुपमा चिनिइसकेका थिएनन् जतिबेला शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री भएका थिए । दाहालको पार्टी नेकपा माओवादीको सार्वजनिक मोर्चा थियोः सयुक्त जनमोर्चा । सो मोर्चाको संयोजक थिए डाक्टर बाबुराम भट्टराई । भट्टराईले प्रचण्डकै निर्देशन बमोजिम प्रधानमन्त्री देउवालाई चालिस बुंदे मागपत्र बुझाउन सिंहदरबार प्रवेश गरे । Pushpa-Kamal-Dahalफागुन २१ गते देउवालाई बुझाइएको मागपत्रमा १५ दिनभित्र माग पूरा नभए सशक्त आन्दोलन गर्ने उल्लेख थियो । तर, १० औं दिनका दिन माओवादीले दीर्घकालिन जनयुद्ध घोषणा ग¥यो । देउवाले दाहालको घोषणालाई बाल दिएनन् । भारत भ्रमणमा हानिए । त्यसपछि माओवादी एकपछि अर्को आक्रमणमा उत्रियो । आगोसरी प्रचण्ड नाम सबैतिर फैलियो । देशमा आक्रान्त मच्चाउंदै प्रचण्ड राजनीति चाल चल्न थाले । २०५८ सालमा दरबार हत्याकाण्ड भयो । त्यसको २ महिनापछि माओवादीले रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरी दर्जनौं प्रहरीलाई नियन्त्रण लियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सेना परिचालन गर्न खोजे । तर, सेना परिचालित हुन सकेन । कोइरालाले राजिनामा दिए । देउवा प्रधानमन्त्री भए । माओवादीसंग वार्ता शुरु भयो । यसअघि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुंदा उनी माओवादी समस्या अध्ययनका लागि गठित कार्यदलका संयोजक भइसकेका थिए । देउवालाई माओवादीले दलदलमा फुलेको कमलको फूलको संज्ञा दियो । तर, धेरै टिकेन माओवादीको बोली । संविधानसभाको माग देउवाले पूरा गर्न नसक्ने जनाएपछि माओवादी आक्रमणमा उत्रियो । पहिलो पटक मंसिर ८, २०५८ मा सेनाको व्यारेकमाथि आक्रमण भयो । ११ गते देशमा संकटकाल लाग्यो । प्रचण्डलगायतका नेताहरुको टाउकाको मूल्य तोकियो । देश निरन्तर एकपछि अर्को प्रयोग गर्न बाध्य भयो । हुंदाहुंदा राजा ज्ञानेन्द्रले देउवालाई दुई दुई पटक बर्खास्त गर्ने बातावरण बन्यो । सक्रिय राजनीतिमा बढे राजा ज्ञानेन्द्र । देउवा चढेको गाडीमा माओवादीले बमसमेत प्रहार ग¥यो । धन्न उनी जोगिए । गिरिजाप्रसाद कोइराला र प्रचण्डको हात माधबकुमार नेपालको समन्वयमा दिल्लीमा मिल्यो । देउवा संसदीय मोर्चामा समेत एक्ला बनाइएका थिए । किनकी उनले संसद विघठन गर्नुका साथै कांग्रेस विभाजित गरेका थिए । कोइराला देउवाको अस्तित्व नामेट गर्ने प्रयासमा थिए । शान्ति प्रक्रियाको बिज रोपिएसंगै कोइराला र देउवाका बीचमा पनि मिलन हुंदै गयो । पार्टी एकीकरण भयो । संविधानसभाको पहिलो निर्वाचनपछि माओवादी पहिलो पार्टी बन्यो । कांग्रेस र माओवादीको सम्बन्धमा दरार आयो । कोइरालालाई देशको पहिलो राष्ट्रपति बनाउने भद्र सहमतिबाट माओवादी विमुख भयो । त्यसयता माओवादीका बीचमा सत्ता सहयात्रा हुन सकेन । अहिले शान्ति प्रक्रियाका दुई सहयात्री दल एकै ठाऊंमा आइपुगेका छन् । हिजो टाउकाको मूल्य तोक्ने र तोकिनेपनि एकै ठाऊंमा बसेका छन् । संगै जसलाई चेतावनी दिएर युद्ध थालिएको थियो उसैको बुंइ चढेर प्रचण्ड प्रधानमन्त्री बन्दैछन् । सायद, यतिबेला प्रचण्डका लागि दलदलमा कमल फूलेझैं लागेको हुनुपर्छ । तर, दलदल सधैं जोखिमपूर्ण हुन्छ भन्ने नभुलेकै राम्रो ।

Nepal Sarkar Prachanda puspa kamal dahal

विशेष