खेल ताजा खबर News

पहिलो अभ्यास खेलमा सफलता

पहिलो अभ्यास खेलमा सफलता

Nepal असार ३० । अभ्यास खेलका लागि बेलायत गएको नेपाली राष्ट्रिय क्रिकेटटोली पहिलो अभ्यास खेलमा विजयी भएको छ । नेपाली टोलीले फ्रि फोरेस्टर क्रिकेट क्लबलाई एक सय २९ रनले हराएको हो । टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा दुई सय ३५ रन बनाएको थियो । जवाफि व्याटिङ गरेकोे फ्रि फोरेस्टरले २९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो । फ्रि फोरेस्टरलाई कम रनमै आउट गराउनमा बिक्रम सोम महत्वपूर्ण रहे । उनले चार विकेट लिए । यस्तै सन्दिप लामिछानेले दुई विकेट लिए ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ७३ रनको योगदान गरे । यस्तै शरद भेषवाकरले ५०, पारस खड्काले ४०, सागर पुनले २१ रन बनाए । नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चार वटा खेल खेल्ने छ ।

Nepali Cricket CTeam Paras Khadka

विशेष