न्यूजिल्यान्डमा शक्तिशाली भूकम्प

असार ३० । न्युजिल्यान्डको कर्माडेक इलाकामा केन्द्रविन्दु भएर ६.३ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भे (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु न्युजिल्यान्डको राओल टापुबाट २०१ किलोमिटर उत्तरमा रहेको थियो । १० किलोमिटर गहिराइबाट गएको भूकम्पबाट के कति क्षति भयो भन्ने सम्बन्धमा समाचार आउन बांकी रहेको छ । भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षति भए नभएको जानकारी आइनसकेको न्यूजिल्याण्डका समाचार संस्थाहरुले जनाएका छन् ।
Earth Quake Earthquake