ताजा खबर News

पहिरोका कारण खलङ्गा–पाँचकाटिया सडक अवरुद्ध

पहिरोका कारण खलङ्गा–पाँचकाटिया सडक अवरुद्ध

असार  - ३० । जाजरकोटका विभिन्न ठाउँमा पहिरोले सडक पुरेपछि सडक अवरुद्ध भएको छ ।

Road stop

खलङ्गादेखि पाँचकाटियासम्म झन्डै २५ किमी सडकमा पहिरोले बाटो अवरुद्ध भएपछि यातायात अवरुद्ध भएको हो । गएराति गएको पहिरोले आधा दर्जन ठाउँमा सडकमा क्षति पुर्याएपछि सडक अवरुद्ध भएको हो । कच्ची सडकको भरमा सदरमुकामबाट पाँचकाटियामा जिप सञ्चालनमा रहेको थियो ।

सडक अवरुद्ध भएसँगै यात्रु पैदल हिँड्नसमेत बाटो भत्किएका कारण निकै समस्या भएको स्थानीयवासीले बताएका छन् । सडक खुलाउन निकै चुनौती देखिएको छ ।

यो सडकमा पटक पटक गरी रु ४० करोडभन्दा बढी खर्च भइसकेको छ । सडक निर्माण गर्दा प्राविधिक इस्टिमेटभन्दा आ–आफ्नो स्वार्थमा सडक घुमाएका कारण पहिरोको जोखिम बढेको थियो । रासस

badhi Jajarkot Road Stop

विशेष