ताजा खबर News

यसरी तोकेका थिए १५ बर्ष अगाडी शेरबहादुरले प्रचण्डको टाउकोको मूल्य

यसरी तोकेका थिए १५ बर्ष अगाडी शेरबहादुरले प्रचण्डको टाउकोको मूल्य
prachanda-shera-b-deuwa नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिने निर्णय गरेसंगै नेपाली राजनीति तरंगित बनेको छ । केपी ओलीको सरकारलाई लत्याएर प्रचण्ड नेपाली काँग्रेसको प्रस्तावमा प्रधानमन्त्री बन्ने उद्देश्य लिएका छन् । कतिपय नेताले यसलाई बाहिरको प्रभाव र द्वन्द्वकालिन घटनाबाट बच्ने उपाय हो भनि टिप्पणी गरेका छन् । हाल दुवै नेता एउटै धारमा देखिए पनि विगत भने भिन्दै छ । १५ बर्ष अघि शेरबहादुर देउवा प्रधानमन्त्री थिए । उनैका पालामा प्रचण्ड, बाबुराम भट्राई, मोहन बैद्यलगाएतका नेता माओवादी पार्टीबाट संघर्ष गरिरहेका थिए । १५ बर्षअघि भएको घटना धेरै नेपालीहरुले बिर्सीसकेका होलान, सायद प्रचण्डले नै बिर्से होलान । यस्तो छ १५ बर्ष अगाडिको त्यो समाचार । paper-cut-prachanda-baburam जनयुद्ध चर्किएपछि २०५८ साल मंसिर ११ गते देशमा संकटकाल लाग्यो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिगत माओवादीलाई आतंककारी घोषणा गर्यो । तत्कालिन प्रधानमन्त्री देउवाले प्रचण्ड, बाबुराम, बैधलगाएतका शीर्ष नेताको टाउकाको मूल्य तोके । प्रचण्डसहितका नेताको मूल्य ५० लाख तोकिएको थियो । त्यो समयमा ५० लाख राम्रै रकम भएकाले झोलामा टाउको हालेर ल्याउने बोरामा पैसा लिएर जाने भन्ने भनाइ निकै चर्चित बन्यो । त्यसको ७ बर्षपछि प्रचण्ड प्रधानमन्त्री भए । प्रचण्ड काठमाडौं प्रवेशपछि झण्डै १० बर्ष देउवाको राजनीतिमा राम्रो प्रभाव देखिएन । २०७२ सालमा उनी पार्टी सभापति भए । कांग्रेस सभापति भएपछिको सबैभन्दा बोल्ड डिसिजन देउवाले लिए, त्यो पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा । आफ्नोभन्दा झण्डै तेब्बर सानो दलका अध्यक्ष प्रचण्डलाई देउवाले टाउकोमा राखेर सिंहदरबारमा पठाउंदैछन् । पचास लाखको टाउकोलाई आफ्नो टाउकोमा राखेर देउवाले देशमा ठूलै तरंग पैदा गरेका छन् । हाल, जनयुद्धमा प्रचण्डका सारथी डाक्टर बाबुराम भट्टराई, मोहन बैध, मोहन विक्रम चन्द लगाएतका नेताहरु छुट्टै संघष गरिरहेका छन् । यता, प्रचण्डले तिनै टाउकोको मूल्य तोक्ने देउवासंग सहकार्य गदैैछन् । यो सहकार्यले नेकपा (माओवादी केन्द्र) र काँग्रेसलार्ई कहाँसम्म डोर्याउँछ त्यो भविष्यले देखाउला ।

dwandwa kal KP Sharma Oli Nepal Sarkar Prchanda Sher Bahadur Deuba

विशेष