आठ लाख भारतीय रुपैयाँसहित एक पक्राउ
असार - ३० । झापाकाे मेची नगरपालिका १० स्थित काँकडभिट्टाको भन्सार ढाँटबाट भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । असार २९ गते एपीएफ टोलीले गोरखा जिल्ला नामजुङ्ग गाविस ६ बस्ने ४१ वर्षिय कुवेर लामिछाने पक्राउ गरेकाे हाे ।
भारतबाट नेपालतर्फ आउँदै गरेका लामिछानेलाई सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट गस्तीमा खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा उनको साथबाट करिव आठ लाख ६० हजार भारतीय रुपैयाँ फेला पारेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका लामिछानेलाई उक्त भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण बिभाग हरिहरभवन पुल्चोकमा बुझाइएको छ ।
APF
pakrawo