लुम्बिनी बैंक र बैंक अफ काठमाडौं मर्ज
असार - ३० । बैंक अफ काठमाडौं र लुम्बिनी बैंक गाभिएर बनेको बैक अफ काठमाडौं लुम्बिनीले बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । काठमाडौमा एक कार्यक्रम गरी दुइवटै बैंकले गाभिएपछिको एकीकृत कारोबार सुरु गरेका हुन् ।
वाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनुपर्ने केन्द्रिय बैंकको प्रावधानका कारण गाभिनुपरेको बताइएको छ । गाभिएपछि बनेको नयाँ बैंकको राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिवी नेपालले लोगो सार्वजनिक गर्नुभयो ।
गर्भनर नेपालले वाणिज्य बैंकहरुले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्नेमा जोड दिनुभयो । गाभिएपछि बैंकको कुल चुक्ता पुजी ५ अर्ब रुपैया“ पुगेको र छिट्टै ८ अर्व पर्याउने लक्ष्य रहेको बताइएको छ ।
Bank of Kathmandu
Lumbini Bank