राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

असार - ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार तीन विधेयक प्रमाणीकरण गरिन् ।
नेपालको संविधानको धारा ११३को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएका विधेयकमा सार्वजनिक खरिद ऐन, २०६३ (पहिलो संशोधन) विधेयक २०७३, नेपाल खुला विश्वविद्यालय विधेयक २०७३ र विनियोजन विधेयक, २०७३ रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।