भूकम्पको तीन महिनापछि पनि हजारौँ व्यक्ति शरणार्थी स्थलमा

असार - ३० । जापानको कुमामोटो प्रान्तमा करिब ४ हजार ७ सय व्यक्ति अझै पनि शरणार्थी स्थलमा रहेका छन् । गत अप्रिलमा पश्चिमी जापानमा गएको भूकम्पका कारण ती व्यक्तिहरु अझै शरणार्थी स्थलमा रहेका स्थानीय सरकारले जानकारी दिएको छ ।
अप्रिलमा गएको भूकम्पको कारण घर क्षतिग्रस्त भई ४ हजार ६९२ जना व्यक्ति जुलाई १३ सम्म पनि शरणार्थी स्थलमा रहेका कुमामोटो प्रान्तका सरकारले जानकारी दिएको छ । यद्यपि सरकारले १६ वटा महानगरपालिकाको भूकम्पपीडितका लागि अस्थायी भवन बनाउने योजना गरेको थियो । त्यसमध्ये ३ हजार ६३१ वटा घर मात्र तयार भएको र गत जुलाई ५ बाट ७३० परिवार मात्र सो भवनमा सरेको बताइएको छ ।
जापानको कुमामोटो प्रान्तमा गत अप्रिल १४ र १६ मा गएको ६।५ र ७।३ रिक्टर स्केलको भूकम्पबाट करिब ४९ व्यक्तिको मृत्यु भएको थियो । यस भूकम्पका कारण एक लाखभन्दा बढी आवासीय भवन क्षतिग्रस्त भएकाले लाखौँ व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको थियो । सिन्ह्वा
Bhukampa
Japan
