नेपाल राष्ट्र बैंकद्वारा प्रमाणपत्रको धितोमा कर्जा व्यवस्था अस्वीकृत

असार - ३० । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा बजेटमा ब्यवस्था गरेको शैक्षिक प्रमाणपत्रको धितोमा कर्जा दिने ब्यवस्थालाई अस्वीकार गरेको छ ।
शैक्षिक प्रमाणपत्रका अाधारमा ऋण दिने व्यवस्थालार्इ गभर्नर चिरञ्जिबी नेपालले खारेज गरिदिएका छन् । बजेटमा शैक्षिक प्रमाणपत्रका आधारमा आवश्यक ऋणको व्यवस्था गरिने उल्लेख गरेको थियो ।
बजेटमा आएको कार्यक्रमलाई किन नल्याएको भन्ने प्रश्नमा मजाक गर्दै सर्टिफिकेट राखेर बैंकहरुले दिए भइहाल्छ किन माैद्रिक नीतिमै राख्नु पर्याे भनि कटाक्ष गरे । गभर्नरले बैंकहरु पनि कार्यक्रममा उपस्थित भएको भन्दै उनीहरुले इच्छा लाग्दा ऋण दिनसक्ने जवाफ दिए ।
Nepal Rastra Bank
