ताजा खबर News

एमालेले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव पौडेलद्वारा अस्वीकार

एमालेले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव पौडेलद्वारा अस्वीकार

Ram Chandra Paudel (NC leader)

असार - ३० । नेकपा (एमाले)का तर्फबाट प्रधानमन्त्री बन्नका लागि आएको प्रस्तावलाई नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले अस्वीकार गरेका छन् ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नका लागि राखेका थिए । साे प्रस्तावलाई नेता पौडेलले इन्कार गरेका हुन् । पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेकाले पार्टी निर्णयभन्दा बाहिर जान नेता पाैडेलले बताए ।

काँग्रेस केन्द्रीय समिति बैठकले काँग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिलाई अनुमोदन गर्दै दाहालको नेतृत्वमा सरकार गठन गर्नका लागि सहयोग गर्ने निर्णय गरेको थियो । वर्तमान प्रधानमन्त्री ओलीविरुद्ध काँग्रेस र माओवादी केन्द्रसहितका दलले बुधबार व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् ।

Ramchandra poudel

विशेष