ताजा खबर News

विज्ञ भन्छन् ‘एसएलसी लेटर ग्रेडिङ प्रणाली त्रुटीपूर्ण छ’

विज्ञ भन्छन् ‘एसएलसी लेटर ग्रेडिङ प्रणाली त्रुटीपूर्ण छ’
Sikxa असार – ३० । सरकारले एसएलसी परीक्षामा लागू गरिएको लेटर ग्रेडिङमा थुप्र त्रुटी रहेको विज्ञहरुले बताएका छन् । त्रुटीकै कारण डी र ई ग्रेड ल्याउने विद्यार्थीले प्सल टू तह अध्ययन गर्ने अवसरबाट वन्चित हुनुपर्ने परिस्थिति आएको बताउँदै तत्काल सच्याएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) उपत्यका बिशेष समन्वय समिती ले ‘शिक्षामा लेटर गे्रडिङ प्रणाली कार्यान्वय समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा सरोकारवाला तथा विज्ञहरुले सो कुरा व्यक्त गरेका हुन् । राज्यले बिना ठोस योजना ग्रेडिङ प्रणाली लागू गरेर दुर्गमका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित गराएको बताउँदै यो वातावरण तत्काल अन्त्य गर्नुपर्ने बताए । डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई निजी कलेज र सीटीईभीटी भर्ना नमानेकाले करिब एक लाख पचास हजार विद्यार्थी प्लस टू वा सो सरहको शिक्षा अध्ययन गर्नबाट बन्चित हुन बाध्य भएको विज्ञहरुको भनाइ छ । Sikxa 2 कार्यक्रममा नेकपा माओवादीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले सरकारले हचुवाको भरमा एसएलसी परीक्षामा गरेको लेटर ग्रेडिङले विद्यार्थीलाई बजारिया वस्तुको स्थितिमा पुर्याएको अाराेप लगाए । कार्यक्रममा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले वर्तमान लेटर गे्रडिङ तरिकाले शिक्षकलाई अल्छी र बद्मासी बनाउन सघाएको बताए । उनले शिक्षकलाई पेशाप्रति प्रतिवद्ध बनाउनुपर्ने सुझाव दिए । त्यस्तै कार्यक्रममा प्राध्यापक तीर्थ पराजुलीले आधारभूत शिक्षा बृहत्मा आधारित हुनुपर्ने बताए ।  पराजुली भने ‘डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई परेको समस्याको सरकारले छिट्टै सम्बोधन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले लेटर गे्रडिङमा डी र ई ल्याएका विद्यार्थीलाई उच्च शिक्षा पढ्न सक्ने नीति बनाउन मन्त्रालय लागिरहेको जानकारी दिए । विज्ञान विषय पढ्ने विद्यार्थी शहर बजारमै रहन खोज्नुले अहिलेको समस्या आएको बताए । दुर्गममा विज्ञान विद्यालय संचालन गर्दा विद्यार्थी नै नपाएर विद्यालय बन्द गर्नुपर्ने स्थितिमा पुगेको उनको भनाई छ ।

SLC SLC 2073 SLC Greding

विशेष