ताजा खबर विदेश News

फ्रान्समा ट्रकले किच्दा ६० जनाको मृत्यु

फ्रान्समा ट्रकले किच्दा ६० जनाको मृत्यु

france असार ३१ – फ्रान्समा भीडभाडमा एक ठूलो ट्रक गुड्दा ६० जनाको ज्यान गएको छ । दुर्घटनामा ७० जना घाइते भएका छन् । फ्रान्सको नीस शहरमा बास्टिल डे मनाइरहेका बेला यो घटना भएको हो । बास्टिल डे लाई फ्रान्समा राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको छ ।

Truk

दिवसको अवसरमा उत्सव मनाइरहेको भीडमा ट्रक गुुड्दा हताहती भएको स्थानीय अधिकारीहरुले बताएका छन् । ट्रकलाई रोक्न प्रहरीले गोली चलाएको र चालकको ज्यान गएको विविसीले जनाएको छ । घटनापछि फ्रान्सका राष्ट्रपति फ्रस्वाँ होल्याण्डले आपत्तकालिन बैठक बोलाएका छन् । यो घटना नियोजित भएको हुन सक्ने आशंका गरिएको छ ।

France

विशेष