खेल ताजा खबर News

बेलायतमा नेपाली क्रिकेट टिमलाई सफलता नै सफलता

बेलायतमा नेपाली क्रिकेट टिमलाई सफलता नै सफलता

Nepal असार ३१ – बेलायत भ्रमणमा रहेको नेपाली टोलीले बिहीबार भएको टि ट्वान्टी मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा स्थानीय क्रिकेट क्लब इन्डियन जिमखानालाई २० रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निधार्रित २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

जसमा सागर पुनले ५५ रनको योगदान गरे । त्यस्तै ज्ञानेन्द्र मल्ल ३८ तथा कप्तान पारस खड्काले १५ रन बनाए । १६३ रनको लक्ष्य पछ्याएको स्थानीय क्रिकेट कल्ब इन्डियन जिमखानाले पुरै आभर खेलेर सबै विकेट गुमाउँदै मात्र १४२ रन बनाएको थियो । इन्डियन जिमखानालाई सस्तैमा समेट्न बिक्रम सोव, करन केसी, शक्ति गौचन र सागर पुनले दुईरदुई विकेट लिएका थिए ।

Nepali cricket team

विशेष