ताजा खबर विचित्र विश्व News

डुंगाभित्र स्कुल सञ्चालन ७० हजार विद्यार्थी अध्ययनरत

डुंगाभित्र स्कुल सञ्चालन ७० हजार विद्यार्थी अध्ययनरत
डुङगामा स्कुल, जहाँ ७० हजार बढी विद्यार्थी पढ्छन्

मासिनहरु जलविहार र यात्राका लागि डुङ्गाको प्रयोग गर्छन् । तर, सुन्दै रोचक कुरा बंगलादेशमा डुङगामा स्कुल सञ्चालन भइरहेका छन् । यो स्कुल एउटा संस्थाले चलाउदैं आएकोछ । सिधुलाई स्वनिर्भर नामको गैर नाफामुखी संस्थाले एक सयभन्दा बढी डुङ्गामा स्कुल सञ्चालन गरिरहेको छ । एजेन्सीहरूकाअनुसार डुङ्गामा चलाइएका स्कुलबाट करिब ७० हजार विद्यार्थी पढिरहेका छन् ।

बंगलादेशमा बाढीको प्रभाव तीब्र हुने भएकाले यस्ता स्कुलहरु सञ्चालनमा ल्याइएका हुन् । बाढी आउने समयमा स्कुल खोल्न र विद्यार्थीलाई स्कुलसम्म पुर्याउन पर्ने समस्या सामना गर्न सिधुलाई स्वनिर्भर संस्थाले डुङ्गा स्कुल सञ्चालन गर्न थालेको हो । यस्ता स्कुलले विद्यार्थीलाई नदी किनारबाट डुङ्गामा लिएर आउछन् र कतै अड्याएर कक्षा सञ्चालन गर्छन् ।

कक्षा समाप्तिपछि विद्यार्थीलाई पुनः पुरानै ठाउमा लगेर छोडिन्छ र विद्यार्थीको अर्को समूहलाई लिइन्छ । पानी परेर धेरैजसो जमीन डुबानमा पर्दा पनि यस्ता स्कुल चलिरहन्छन् । डुङ्गाभित्र स–साना पुस्तकालयहरू हुन्छन् । सौर्य उर्जाबाट बत्ती तथा कम्प्युटरको समेत व्यवस्था गरिएका डुङ्गा स्कुलहरूको प्रशंसा मात्रै भएको छैन, थुप्रै देश तथा संस्थाहरूले यो विधि अपनाउन थालेका छन् ।

कम्बोडिया, नाइजेरिया, फिलिपिन्स, भियतनाम तथा जाम्बियामा समेत डुङ्गा स्कुल सञ्चालनमा आएका छन् । शिक्षा क्षेत्रमा यो परिवर्तनकारी प्रयोग भएको शिक्षाविद्हरूले बताएका छन् ।

Bangaladesh

विशेष