ताजा खबर News समाज

एमालेमा ओलीको आलोचना, ‘प्रचण्डलाई सुनको अण्डा पार्ने कुखुरी ठान्नेले अहिले सैतान जस्तो गर्न मिल्छ ?’

एमालेमा ओलीको आलोचना, ‘प्रचण्डलाई सुनको अण्डा पार्ने कुखुरी ठान्नेले अहिले सैतान जस्तो गर्न मिल्छ ?’

44

प्रधानमन्त्री केपी शर्मा ओली सत्ता समिकरण परिवर्तन भएको विषयमा पार्टीभित्रै आलोचित भएका छन् । पार्टी सचिव योगेश भट्टराईले हिजो प्रचण्डलाई सुनको अण्डा ठान्ने र अहिले सैतान जस्तो देख्ने गरेको भन्दै भन्दै अध्यक्ष ओलीलाई व्यङ्ग गरेका छन् । दुबै अतिवादी सोच भएको भन्दै ओलीलाई बस्तुबादी विश्लेषण गर्न सुझाव दिएका छन् । उनले सार्वजनिकरुपमै पार्टी नेतृत्वलाई वस्तुवादी र माक्र्सवादी ढंगले विषयलाई बुझ्न आग्रह गरेका छन् ।

Capture

अध्यक्ष ओलीले भद्र सहमतिअनुरुप प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने अभिव्यक्ति दिएका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधबकुमार नेपाल पर्ख र हेरको स्थितिमा छन् । उनीहरुले आफु निकटका नेताहरुसँग बामपन्थी समिकरण भत्किएको तथा मधेशी, जनजाति र थारु समुदायमा पार्टीको नकारात्मक छबी बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पार्टी उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीले पार्टीको एजेण्डामा अडान नलिंदा मुलुक सधैंका लागि अस्थिर बनेकाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जोड दिएका छन् । एमालेले पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा लिएको थियो । संविधानको मस्यौदामाथि जनताले सुझाव दिंदापनि देशभर सोही एजेण्डामा लहर देखिएको थियो । पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरि ल्याइएको र पार्टीको हित विपरित रहेको भन्दै सो एजेण्डा छाडेका थिए ।

उपमहासचिव भुसालले नेताकार्यकर्तासँग भन्ने गरेका छन्, ‘यो त अस्थिरताको काष्टिङमात्र हो । मिश्रित निर्वाचन प्रणालीमा प्रधानमन्त्री १ बर्षपनि टिक्क सक्दैनन् । अहिले अध्यक्ष टिक्नुभएन । भोलि अर्को टिक्दैन । बुढी मरि भन्दा पनि काल पस्यो भन्ने चिन्ता लिऊं । संसदबाट निर्वाचित प्रधानमन्त्रीमा हाम्फालेर नराम्रोसँग चुक्यौं ।’

KP Oli

विशेष