ताजा खबर परिवार News

हिमानीलाई पछ्याउदै पारस, फाउण्डेशनमार्फत समाजसेवा

हिमानीलाई पछ्याउदै पारस, फाउण्डेशनमार्फत समाजसेवा

Himani पूर्वयुवराज पारस शाह आफ्ना पुराना साथीहरुसगं मिलेर फाउन्डेसन खोल्ने तयारी गरेका छन् । बुढानिलकण्ठ स्कुलका सहपाठीसंग मिलेर पारसले फाउण्डेशन खोल्न लागेका हुन् । सो फाउण्डेशन देशब्यापी रुपमा युवाहरुमा राष्ट्र र राष्ट्रियताको भाव उजागर गर्न केन्द्रीत रहने पारस निकट स्रोतले जानकारी दिएको छ ।

लामो समय थाइल्याण्ड बसेर फर्किएका पारस आफ्नो छबी सुधार्न प्रयासरत छन् । नेपालमा ब्याड ब्वाईको छबी बनाएका उनको स्वाभावमा ब्यापक परिबर्तन आएको जानकारहरुको भनाइ छ । उनको खानपान देखि सोचमा समेत बदलाब देखिएको उनका सहयोगीहरुले जानकारी दिएका छन् ।

हिमानीपथमा पारस

राजतन्त्रको अन्त्यपछि पूर्वराजपरिवार हिमानी ट्रष्टमार्फत समाजसेवामा लागेको छ । सो ट्रष्टमा हिमानीपति पारस भने आबद्ध छैनन् । पूर्वराजदम्पत्ति संरक्षक रहेको सो ट्रष्टमार्फत पूर्वयुवराज्ञीले समाजसेवा गर्दै आएकी छिन् । गणतन्त्र स्थापना भएपनि हिमानीप्रतिको क्रेज बढ्दो देखिन्छ । हिमानीको सिको गर्दै पारसले पनि फाउण्डेशन स्थापना गर्न लागेका हुन् । दम्पत्तिका दुई थरी संस्था हुंनेभएपछि पूर्वराजपरिवारमा गजबको प्रतिष्प्रर्धा भन्ने चर्चा हुन थालेको छ ।

र, यो पनि

हिमानी शाहसंगको अन्तरवार्ता, परिवार र भविष्यबारे मनका कुरा हिमानी शाहद्वारा बालवालिकाई निःशूल्क शैक्षिक सामाग्री वितरण

himani trust Paras Shah

विशेष