ताजा खबर News

बेहुलो झैं ढाका टोपी र दुबोको माला लगाएर ओली सरकार ढाल्न लागेकै हुन् त रञ्जित रे ?

बेहुलो झैं ढाका टोपी र दुबोको माला लगाएर ओली सरकार ढाल्न लागेकै हुन् त रञ्जित रे ?

Ray

नेपालका लागि भारतीय राजदुत रञ्जित रे पोखरामा ढाका टोपी र दुबाको माला लगाएर बेहुलो झैं प्रकट भए । खाशमा उनी पोखरा दिल्लीको बस सेवाको उद्घाटनका लागि पुगेका थिए । उनी पोखरा पुग्दा नेपालको राजनीतिमा तुफान आइसकेको थियो । बिहीबार ओलीले दक्षिणले सरकार परिवर्तन गराउन लागेको अभिव्यक्ति दिए । यसअघि सरकार परिवर्तन गराउन भारतीय पक्षसँग साँठगाँठ गरेको आरोपमा ओलीले भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएका थिए ।

भारतीय दुत रेसँगै तराइ क्षेत्रमा पुगेर सरकार बिरोधी गतिविधि गरेको आरोप उपाध्यायमाथि लगाइएको थियो । यसको अर्थ हो, रे ओली सरकारका विरुद्धमा पहिले देखि नै सक्रिय छन् । नेपालभित्र नेपालकै मौलिक ढाका टोपी तथा दुबोको माला लगाउने र नेपालके सरकार गिराउने सुविधा प्राप्त गर्ने राजदुत हुन् रे । उनीमाथि प्रधानमन्त्रीकै स्तरबाट कटु आरोप लागेपनि उनका गतिविधिमा रोक लगाउने कुनै काम भएको छैन । कुटनीतिज्ञहरुका अनुसार यस्तो अवस्थामा राजदुतलाई निर्देशन दिन र खाशखाश गतिविधि गर्न प्रतिबन्द लगाउन सकिन्छ ।

आरोप पनि लगाउने तर हेरिरहने मात्रै प्रवृत्तिले मुलुकको कुटनीति कमजोर बन्ने उनीहरुको भनाइ छ । माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिएको साँझ भारतीय दुतले याक एण्ड होटलमा पार्टी दिएको समाचार आएको थियो । भारतनिकट रहेका केही पत्रकारसमेतको उपस्थितिमा मधेशी मोर्चाका नेतालाई रेले पार्टी दिएको बताइएको छ । उनले पार्टीमा मधेशी मोर्चाका नेताहरुलाई ओली सरकारको बहिगर्मनका लागि नयाँ सरकारलाई सहयोग गर्न आग्रह गरेको समाचार प्रकाशित भएको थियो । यस्तो सुविधा विश्वमा सायदै कोही राजदुतले कुनै देशमा प्राप्त गरेको होस् ।

Dhaka Topi Indian Ambasdor Ranjit Ray

विशेष