ताजा खबर विचार News

जनतालाई धोका दिंदै ओलीले गरेको यस्तो निर्णय जसले मुलुकलाई सदाका लागि अस्थिर बनाउनेछ

जनतालाई धोका दिंदै ओलीले गरेको यस्तो निर्णय जसले मुलुकलाई सदाका लागि अस्थिर बनाउनेछ

KP OLi

समाचार टिप्पणी

संविधानको प्रारम्भिक मस्यौदा जनतामाझ लगियो २०७२, साउन पहिलो साता । देशभर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा मत प्राप्त भयो । मिश्रित निर्वाचन प्रणाली अबलम्बन गरेका कारणले संसदबाट निर्वाचित प्रधानमन्त्री नेपाललाई नफाप्ने जनताको अभिमत थियो । पटक पटक प्रतिकुल परिमाण भोगिसकेका जनताले एमालेको एजेण्डालाई साथ दिएका थिए । तर, जनताले औधी रुचाएको एजेण्डालाई एमाले स्वंयले भने छोडिसेको थियो ।

एमालेको नवौ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए केपी ओली । सोही महाधिवेशनले पार्टीले त्यसअघि लिएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डालाई पारित ग¥यो । एकीकृत माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र कांग्रेसले संसदबाट निर्वाचित प्रधानमन्त्रीय प्रणालीको एजेण्डा बोकेका थिए । पहिलो संविधानसभाको आखिरीमा काँग्रेस प्रत्यक्ष निर्वाचित राष्ट्रपति मान्न तयार भइसकेको थियो । यस्तो परिस्थितिमा एमालेको एजेण्डा दोस्रो संविधानसभामा मध्यविन्दु बन्ने प्रबल सम्भावना थियो । तर, ओली अध्यक्ष भएसँगै सो एजेण्डालाई एमालेले लत्याकलुतुक छोडिदियो ।

ओलीलाई पार्टीभित्र र बाहिर आलोचनात्मक प्रश्न बर्सिन थाल्यो । ओलीले सहजै भनिदिए, ‘बुझ्दै नबुझि केहीको सनकमा छिराएको एजेण्डा थियो त्यो, समातिरहने कुरा थिएन । पार्टीमा पद्धती नबस्दा बीचबीचमा यस्ता धेरै कुरा आए ।’

एमालेले एजेण्डा छाडेपछि काँग्रेसलाई ढुंगा खोज्दा देउता मिलेजस्तो हुंने नै भयो । मुलुक दुई विपरित धारमा हिड्न विवश भयोः संसदबाट निर्वाचित प्रधानमन्त्री र मिश्रित निर्वाचन प्रणाली । मिश्रित निर्वाचन प्रणालीमा कुनै दल विशेषको बहुमत आउने सम्भावना लगभग समाप्तप्राय रहन्छ । बहुमत नआएपछि देश अस्थिर भइरहन्छ ।

ओलीले एजेण्डा छाडेपछि

अध्यक्ष ओलीले एजेण्डा छाडेपछि एमालेमा खैलाबैला भयो । घनश्याम भुसाल, रविन्द्र अधिकारी, योगेश भट्टराईलगायतका नेताहरुले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा छोड्नु दुर्भाग्यपर्ण भन्दै बहश व्यूंत्याउन खोजे । ओलीको जबरजस्त आरोहका अघि उनीहरु निष्प्रभावी देखिए ।

भुसालले अन्तिमसम्म प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा लबिङ गरेका थिए । संविधानको प्रारम्भिक मस्यौदामाथिको जनमतमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा लहर देखिएपछि एमालेलाई थप दबाब पर्यो । जनताले मन पराएको एजेण्डा छोड्न नहुंने भन्दै सांसद र नेताले कुरा उठाए । ओलीले बैठकमा तर्क गरे, ‘जनता जागरुक भइनसकेको अवस्थामा सही मान्छे चुनिन गाह्रो छ । व्यक्तिलाई भोट हाल्ने कुराले गलत व्यक्तिको हातमा देश पुग्नसक्छ । एमालेका तर्फबाट प्रत्यक्ष प्रधानमन्त्री जित्ने गरी व्यक्तित्व विकास भएको छ की छैन ? ख्याल गरौं ।’ यस्तै यस्तै तर्क गरेर ओलीले पार्टीलाई संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीको पोल्टामा हाले ।

भारत र बेलायतको भन्दा हाम्रो फरक

धेरैले तर्क गर्छन, संसदबाट निर्वाचित भएको प्रधानमन्त्रीले बेलायत र भारतमा पूर्ण शासन गर्न सक्छन् भने हाम्रोमा किन सक्दैनन् ? संसदबाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा रहेका उनीहरुको तर्क स्वभाविक लाग्छ । तर, सत्य के हो भने यो तर्क गर्नेहरुले सत्य बुझेकै छैनन् । भारत र बेलायतमा संसदले प्रधानमन्त्री चुन्छ तर संसद मिश्रित निर्वाचन प्रणालीबाट चुनिदैन । बेलायतमा दुई पार्टी प्रणाली छ । भारतमा पहिलो हुने उम्मेदवारले जित्ने गरी संसदीय निर्वाचन हुन्छ । त्यसैले मोदीको बहुमत आएको छ । नेपालमा पहिलो हुंनेले जित्ने संसदीय निर्वाचन असफल सिद्ध भइसकेको थियो । त्यसमाथि मिश्रित निर्वाचन प्रणाली र संसदबाट निर्वाचित हुंने प्रधानमन्त्रीय प्रणाली अबलम्बन गरेर झनै अस्थिरता निम्त्याउने नक्सा तयार गरिएको छ ।

ओलीले जे रोपेका थिए त्यही फल्यो

संसदबाट निर्वाचित प्रधानमन्त्रीको नारा काँग्रेसको हो । तर, संविधानमा यो एजेण्डालाई संस्थागत गराउन भुमिका निर्वाह गरे ओलीले । काँग्रेसकै हाराहारीको पार्टी एमाले नतमस्तक नहुँदो हो त काँग्रेस सोच्न बाध्य हुनेथियो । पहिलो संविधानसभामा काँग्रेस प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा तयार भइसकेको थियो ।

सिंहदरबार बसाइ ओलीका लागि कष्टपूर्ण रह्यो । भारतीय नाकावन्दीका बिरुद्धमा अडिक भएपछि उनले जनताको मन जिते । जनताको ठूलो हिस्सा अहिलेपनि ओलीकै निरन्तरता चाहिरहेको देखिन्छ । टिप्पणी गर्ने अधिकांशले ओलीलाई रुचाएको पाइन्छ । तर, पद्धती यस्तो छ की जनताको रुचीले होइन, अंकगणितको सेटिङ मिलेमात्र प्रधानमन्त्री टिकिरहन्छ ।

यो स्थिति ओलीकै कारण निम्तिएको हो । उनले जे रोपेका थिए त्यही फलेको मात्र हो । यो अस्थिरताको अन्त्य होइन, शुरुवात मात्र हो । यो फिलिमको टेलरमात्रै हो, काष्टिङ आउंदा दिनमा हुंनेछ । कोहीपनि प्रधानमन्त्रीले बर्ष दिन काट्न पाउने छैनन् । दल यिनै हुन् । नेता यस्तै हुन् । छिमेकको चलखेल उही हो । पद्धतीले ठाऊं दिएकै छ ।

मुलुकलाई अस्थिरतामा धकलेका ओलीलाई सायद अहिले पछुतो छ । त्यसैले भन्दैछन्, ‘सरकारमाथि दक्षिणले षडयन्त्र गर्यो । केही गर्न खोज्दा खोज्दै खेद्न थालियो ।’ पहिले ओलीले बुझ्न सकेनन् केही गर्नलाई प्रधानमन्त्रीले स्थिररुपमा शासन संचालन गर्न पाउंनुपर्छ । मिश्रित निर्वाचन प्रणालीपनि अबलम्बन गर्ने र समावधीभन्दा पहिले सिंहदरबार छोड्न परेकोमा दुःख मनाउंपनि गर्ने ओलीको शैली.....गरेपछि दैलो देखेजस्तो मात्र हो ।

KP Oli Prachanda

विशेष