अर्थ ताजा खबर News

ओरालो लाग्यो सुनको भाउ

ओरालो लाग्यो सुनको भाउ

Gold यो हप्ता सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबार तोलामा ५९ हजार रुपैयाँमा कारोबार भएको सुन अन्तिम दिन आज शुक्रबार ५८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हप्ताको पहिलो, दोस्रो र तेस्रो दिन स्थिर रहेको सुनको भाउ बुधबार दुई सय रुपैयाँले घटेको थियो । बिहिबार फेरि एक सय रुपैयाँले घटेर ५८ हजार सात सय रुपैयाँमा झरेको थियो ।

बिहिबार कायम भएको भाउमा शुक्रबार फेरि चार सय रुपैयाँले घटेको हो । युरेपेली युनियनबाट अलग हुने निर्णयसँगै सुनको भाउ एकै दिन तीन हजारले बढे पनि अहिले विस्तारै घट्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनसँगै अहिले सेयर कारोबार पनि बढेकाले सुनको भाउ केही घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

gold

विशेष